एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

सिरहा जिल्लाको सिरहा नगरपालिका १ स्थित शिवचोकबाट पौष २२ गते एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको गोलबजार नगरपालिका २ जमदह बस्ने ३६ वर्षिय मनोजकुमार साह छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेक्वा सिरहाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

को ३१ प ४१८४ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज साहले लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा डाईलेक्स डिसी ६ बोतल र नाईट्राभेट ट्याब्लेट १२ वटा फेला परेपछि एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका साहलाई बरामद लागूऔषध तथा उक्त स्कुटरसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाईएको छ ।

यसैगरी सोही जिल्लाकै सिरहा नगरपालिका १७ खैरटोका स्थित सिरहा भन्सार कार्यालय नजिकैबाट पौष २३ गते एपीएफ टोलीले ७ बोतल डाईलेक्स नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको मिर्चैया नगरपालिका ७ बस्ने २५ वर्षिय कधोसुली महरा र विष्णुपुर गाउँपालिका २ बस्ने २७ वर्षिय ब्रम्हदेव यादव छन् ।

स ८ प ४५३७ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेक्वा सिरहाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.