एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई पक्राउ

एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई पक्राउ

सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ३ स्थित अभयनगरबाट पौष २३ गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको सखुवानान्कारकट्टी गाउँपालिका ५ बस्ने २३ वर्षिय मोहमद अजिम र २४ वर्षिय मोहमद हस्मद राईन छन् ।उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ईनरुवाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो।

स ६० प ९८०१ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुले उक्त मोटरसाईकलको डिक्कीमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा फेनारागन ४७ वटा, डाईजोपाम ४७ वटा र नरफिन ४७ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.