सीमामा थप्यो सशस्त्रले तीन वटा ‘बीओपी’

सीमामा थप्यो सशस्त्रले तीन वटा ‘बीओपी’

नेपाल–भारत सीमामा तीन वटा बोर्डर आउट पोस्ट ९ बीओपी थपिएको छ ।

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दियाले तीन वटा बोर्डर आउट पोस्ट (बीओपी) थप गरेको हो ।

नेपाल-भारत दक्षिणवर्ती खुला सीमानामा पर्ने गुलरिया नगरपालिकास्थित कट्टी, बढैया ताल गाउँपालिकाको कण्ठपुर र मधुवन नगरपालिकाको भग्रैयामा बीओपी सञ्चालनका लागि ३१ नम्बर हेडक्वाटर बर्दियाले स्विकृति दिएको सशस्त्र प्रहरीबल प्रदेश नम्बर ५ का बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलले जानकारी दिए ।

बीओपीको संख्या बढेसँगै अब एउटा पोस्टले ८ किलोमिटरसम्मको दूरीमा सुरक्षा दिने भएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.