एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी व्यारेजबाट एपीएफ टोलीले माघ १ गते करीव दुई लाख आठ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
ना १ ख ८७६३ नम्बरको यात्रुवाहक बसमा अवैध रुपले लैजाँदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेस भारदहबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास रोडबाट एपीएफ टोलीले माघ १ गते करीव एक लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा ईलोक्ट्रोनिक्स सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको छ ।
यसैगरी धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका ५ स्थित कठालबाट माघ १ गते एपीएफ टोलीले करीव एक लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खजुरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेक्वा रौतहटबाट खटिएको एपीएफ टोलीले माघ १ गते करीव एक लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान तथा १२ थान मोवाईल सेट एपीएफ टोलीले रौतहट जिल्लाको गरुडा नगरपालिका ५ स्थित शिवनगरबाट बरामद गरेको हो ।
बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय गौरमा बुझाएको छ ।
अरु समाचार
सशस्त्र प्रहरीद्वारा ११ के.जी. गाँजा बरामद
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट सशस्त्र प...
शान्ति स्थापनाको लागि सामूहिक प्रयास आवश्य...
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले हामी सवैको सामूहिक प्रय...
चार लाख रुपैयाँ मुल्यको रुद्राक्षको माला स...
कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ११ स्थित सीमा ईलाकाबाट भाद्र ४...
एकाई सुरक्षा मुल्याङ्कन तथा निगरानी तालिम ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बंगलामुख...
गृहमन्त्रीको प्रमुख आतिथ्यमा सशस्त्र प्रहर...
गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा राष्ट्रिय सशस्त्र प्रहरी ...
भारतीय चोरले लुटेका भैँसी सशस्त्र प्रहरीले...
सशस्त्र प्रहरीले भारतीय चोरहरूले बेलडाँँडी गाउँपालिका–५ बाट लुटेर ल...
सशस्त्र प्रहरी बलका २ जना एसएसपी डिआइजी बढ...
सशस्त्र प्रहरी बलका २ जना एसएसपी डिआइजी बढुवा सिफारिसमा परेका छन। ए...
सशस्त्र प्रहरीको सिसिएससी तालिम सकियो
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालि...