एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद

बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ स्थित चौलिकाबाट एपीएफ टोलीले फागुन ५ गते करीव एक लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय नेपालगंजमा बुझाईएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.