एपीएफ टोलीद्वारा लागूऔषधसहित एक पक्राउ

एपीएफ टोलीद्वारा लागूऔषधसहित एक पक्राउ

धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ स्थित भडरीया नाकाबाट फागुन १८ गते एपीएफ टोलीले १५ बोतल एक्जीप्लोन सिरफ नामक लागूऔषधसहित एक जनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको जनकपुर उपमहानगरपालिका १ बस्ने ३८ वर्षिय आकाश राईन छन् । मोटरसाईकलमा सवार निज राईनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडीझिँजाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरेको हो ।

त्यसवेला एपीएफ टोलीले निज राईनले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका निज राईनलार्ई बरामद लागूऔषध र मोटरसाईसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाईएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.