एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

रौतहट जिल्लाको माधव नारायण नगरपालिका ६ स्थित माधोपुर सीमा ईलाकाबाट फागुन १९ गते एपीएफ टोलीले करीव दुई लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद लत्ताकपडा भन्सार कार्यालय रौतहटमा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको एपीएफ टोलीले फागुन १८ गते करीव दुई लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

ना २ ख २९८ नम्बरको यात्रुवाहक बसमा ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका १० स्थित पितौजी चोकबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।

यसैगरी धनुषा जिल्लाको बिदेह नगरपालिका ९ स्थित खरथानीबाट एपीएफ टोलीले फागुन १९ गते करीव एक लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट मोटरसाईकलमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा जुत्ता सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

त्यसेवला एपीएफ टोलीले सामान ल्याउन प्रयोग भएको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।

एपीएफ टोलीले बरामद सामान तथा उक्त मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य दुई लाख रुपैयाँ रहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.