एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

धनुषा जिल्लाको औरही गाउँपालिका ३ स्थित माईबाट फागुन २० गते एपीएफ टोलीले करीव दुई लाख ४१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

बीआर ३२ आर २६५ भारतीय नम्बरको मोटरसाइकल र ज ५ प १०५ नम्बरको मोटरसाईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

त्यसवेला एपीएफ टोलीले उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको उक्त दुई वटै मोटरसाईकल समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद सामान तथा उक्त मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।

बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य दुई लाख रुपैयाँ रहेको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म पर्साबाट खटिएको एपीएफ टोलीले फागुन १९ गते करीव एक लाख ६४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, किराना सामान र भाडावर्तन एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार मुलगेटबाट बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ ।

यसैगरी सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ४ स्थित लालापट्टिबाट फागुन १९ गते एपीएफ टोलीले करीव एक लाख ५७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.