गणपति तालिमको समापन,किरण बस्नेत सर्वप्रथम

गणपति तालिमको समापन,किरण बस्नेत सर्वप्रथम

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. २ गणपति तालिमको समापन गरेका छन्।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बैशाख २ गते आयोजित तालिमको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।

उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक किरण बस्नेत सर्वप्रथम भएका छन भने रिसर्च पेपरतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक सुर्यबहादुर सेन वली उत्कृष्ट ठहरिएका छन् ।
सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले कमाण्डर तहका अधिकृतहरुलाई व्यावसायिक क्षमतायुक्त सक्षम र दक्ष बनाउँदै उनीहरुको वृत्तिविकासमा टेवा पु¥याउने अभिप्रायले गणपति तालिम संचालन गरिएको बताए।
तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई स्टाफ ड्युटी, कमाण्ड एण्ड म्यानेजमेन्ट, क्राइम कन्ट्रोल, इन्टेलिजेन्स, अपरेशन अफ वार, ट्याक्टिस, सुरक्षा, विभिन्न ऐननियम तथा सशस्त्र प्रहरी बल नेपालको कामकारवाही लगायतका विविध विषयवस्तुहरुलाई समेटेर प्रशिक्षण दिइएको थियो ।
दुई महिना अवधिको सो तालिममा कूल ४५ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबाबु थापा, रामशरण पौडेल र सुबोधकुमार अधिकारी लगायत एपीएफ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.