एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ बाट साउन १९ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको विहार राज्य बस्ने ३० वर्षिय निराजन बस्नेत र रक्शौल नगर पंचायत बस्ने १९ वर्षिय राजन गुप्ता छन् ।

बीआर ०५ एच ५८४३ नम्बरको भारतीय गाडीमा सवार उनीहरुलाई संका लागि जाँच गर्दा उनीहरुको साथबाट डाईजेपाम ५ सय वटा, नुफिन ५ सय वटा र फेनारगन ५ सय २४ वटा फेला परेपछि उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.