मोटरसाईकल चोरीगर्ने तीन जना एपीएफ टोलीद्वारा पक्राउ

मोटरसाईकल चोरीगर्ने तीन जना एपीएफ टोलीद्वारा पक्राउ

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कवहीगोठबाट खटिएको एपीएफ टोलीले बारा जिल्लाको सुर्वण गाउँपालिका ३ स्थित सन्तगञ्जबाट  नेपाली नम्बर प्लेटको मोटरसाइकल चोरी गरी भारततर्फ लैजादै गरेका तीन जना भारतीय नागरीकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको धरहरि २ मोतीहारी पूर्वी चम्पारण घर बताउने रामशंकर बैठा, शिवनन्दन बैठा र दिलिपकुमार जैशवाल छन् ।
बीआर ०६ एच २११९ नम्बरको भारतीय मोटरसाइकल र ना. ३ प ८८४० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका उनीहरुलाई गस्तीमा खटिएको एपीएफ टोलीले पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद मोटरसाइकलसहितै आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय कवहीगोठमा बुझाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.