एपीएफ टोलीद्वारा कुखुराको चल्लासहित तीन जना पक्राउ

एपीएफ टोलीद्वारा कुखुराको चल्लासहित तीन जना पक्राउ

बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका २१ बाट एपीएफ टोलीले असोज १६ गते करीव २ लाख १२ हजार रुपैयाँ बराबरको कुखुराको चल्लासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको सितापुर घर बताउने ३२ वर्षिय इनसान अली, १८ वर्षिय अतिक अली र १९ वर्षिय सेफ अली खान छन् ।
सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा बाँके नम्बर ३० गणबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको २ हजार तीन सय वटा बोइलर कुखुराको चल्ला र उक्त चल्ला ल्याउन प्रयोग गरिएको तीनवटा साइकल समेत एपीएफ टोलीले बरामद गरेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.