एपीएफ टोलीद्वारा चरेशसहित चार जना पक्राउ

एपीएफ टोलीद्वारा चरेशसहित चार जना पक्राउ

सशस्त्र प्रहरी बलको विशेष टोलीले बुधबार काठमाडौंको गुर्जुधाराबाट करीब पाँच के.जी. चरेशसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङ किरानचोक ८ घर बताउने २७ वर्षिय विकास तामाङ, २५ वर्षिय रामबहादुर लोप्चन, १८ वर्षिय दिनेश तामाङ र १७ वर्षिय बुद्ध लोप्चन छन् ।

उनी हरुको साथमा चरेश रहेको तथा उक्त चरेश बिक्री गर्न ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा खटिएको एपीएफ टोलीले दिउँसो करीब दुई बजे उल्लेखित चरेशसहित उनीहरुलाई पक्राउ गरेको हो ।

त्यसठाउँमा संकास्पद अवस्थामा भेटिएपछि जाँच गर्दा उनीहरुको साथमा चरेश फेला परेको थियो । उनीहरुले उक्त चरेश बिक्री गर्ने उद्देश्यले ल्याएको बताएका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.