सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा पदोन्नती हुनुभएका ६ जनालाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा कार्तिक १४ गते आयोजित बिशेष समारोहमा सशस्त्र प्रहरी नायव महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो ।

नेपाल सरकार मन्त्रिस्तरको कार्तिक १३ गतेको निर्णयले ई. प्रजाभक्त श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र गोविन्द क्षेत्री सशस्त्र प्रहरी नायव महानिरीक्षकमा पदोन्नती हुनुभएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा कुनै पनि संगठनमा सेवारत रहँदा पदोन्नतीको ठूलो महत्व रहने चर्चा गर्नुहुँदै उहाँहरुले कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायीक क्षमताको मूल्यांकन स्वरुप नेपाल सरकारले पदोन्नती गरेको बताउनुभयो ।

उहाँले पदोन्नतीसँगै बढेको पदीय जिम्मेवारीलाई अझै बढी उत्तरदायी र पूर्ण व्यावसायीकताका साथ निर्वाह गर्न निर्देशन समेत दिनुभयो ।
सामूहिक भावनाका साथ सबै एकजुट भई राष्ट्र र संगठनले निर्दिष्ट गरेको लक्ष्य प्राप्त गर्नेतर्फ लाग्नुपर्ने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले दिर्घकालिन रुपमा संगठनका लक्ष्यहरु हासिल गर्न लामो अनुभव हासिल गर्नुभएका बरिष्ठ अधिकृतहरुको पेशागत दक्षता र जिम्मेवारी बहन गर्न सक्ने क्षमता लगायत ज्ञान, सिप र अनुभवको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

उहाँले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुले हरपल ईमान्दार, लगनशील र कर्तव्यनिष्ठ भई देश र आम नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपत विपद्मा उद्धार कार्यमा कृयाशिल रहन निर्देशन समेत दिनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनले भ्रष्टाचार एवं लैंगिक हिंसामा शून्य सहनशीलताको नीति लिएको चर्चा गर्नुहुँदै मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा कटिवद्ध रहँदै दायित्व निर्वाहमा समर्पित रहन निर्देशन दिनुुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीले आफ्नो कर्तव्य कहिल्यै बिर्सन नहुने बताउनुहुँदै काममा विश्वास गर्नेले सधैं सफलता पाउने बताउनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाल लगायत संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबाबु थापा र रामशरण पौडेल तथा एपीएफ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.