सशस्त्रको प्रवक्ताको जिम्मेवारी डिआइजी सुरज श्रेष्ठलाई

सशस्त्रको प्रवक्ताको जिम्मेवारी डिआइजी सुरज श्रेष्ठलाई

सशस्त्र प्रहरी बलको केन्द्रीय प्रवक्ताको जिम्मेवारी डिआइजी सुरज श्रेष्ठलाई तोकिएको छ।

सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन्।सशस्त्र प्रहरीका प्रवक्ता श्रेष्ठलाई मोवाइल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने छ।

त्यसैगरी सशस्त्र प्रहरीमा उच्च अधिकृतहरुको सरुवा र डिआईजीमा बढुवा भएका अधिकृतहरु पदस्थापन भएको छ। गृहमन्त्रालयले सशस्त्र प्रहरीका तीन डिआईजीको सरुवा गर्नुको साथै भर्खरै बढुवा भएका अन्य ६ जना डिआईजीको पदस्थापना समेत गरेको हो।

गृह मन्त्रालयले डिआईजीहरु बाबुराम पाण्डेलाई नं. ४ बाहिनी मुख्यालय कास्की, प्रविण कुमार श्रेष्ठ नं. २ बाहिनी महोत्तरी र कविन्द्रमान श्रेष्ठलाई सुरक्षा परिषद्को सचिवालय,सिंहदरवार प्रजाभक्त श्रेष्ठलाई सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, रामप्रकाश श्रेष्ठ,
नं ३ बाहिनी मकवानपुर, राजु अर्याल मानवश्रोत विभाग,तालिम निर्देशनालय,नारायणदत्त पौडेल सीमा सुरक्षा विभाग,सिपी गौतमलाई कमाण्ड तथा स्टाफ कलेज र गोविन्द क्षेत्रीको प्रशासन निर्देशनालयमा पदस्थापना भएको छ।

नेपाल एपिएफ कमाण्ड तथा स्टाफ कलेजमा रहेका एसएसपी किशोर प्रधानको नेपाल विपद् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारमा सरुवा गरिएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.