एपीएफ टोलीद्वारा चरेशसहित पक्राउ

एपीएफ टोलीद्वारा चरेशसहित पक्राउ

पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ बाट मंसीर १३ गते एपीएफ टोलीले करीव ३ के.जी. चरेशसहित एक जनालाई पक्राउ गरेको छ ।
भारतको कलकत्ता घर बताउने ३६ वर्षिय एकलाख शेखलाई सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट गस्तीमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
नेपालबाट भारततर्फ जाँदै गरेका निज शेखलाई संका लागि जाँच गर्दा निजले शरिरको बिभिन्न भागमा बेरेर लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित परिमाणको चरेश फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
एपीएफ टोलीले पक्राउ परेका निज शेखलाई बरामद चरेशसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.