एपीएफ टोलीद्वारा करीव १५ लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा करीव १५ लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद

रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका २ स्थित टिमुरेबाट मंसीर १३ गते एपीएफ टोलीले करीव १५ लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा रसुवा नम्बर २१ गुल्मबाट सशस्त्र प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद अधिकारीको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो ।

चीनबाट भन्सार छलेर ल्याई त्यसठाउँमा लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको ६ सय १२ जोर जुत्ता र ३ हजार ६ सय थान नर्थफेस क्याप बरामद गरिएको हो ।

एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि रसुवागढी भन्सार कार्यालयमा बुझाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.