सशस्त्र प्रहरी बल नेपालका गोताखोरहरुको निःशुल्क दुर्घटना बीमा नविकरण

सशस्त्र प्रहरी बल नेपालका गोताखोरहरुको निःशुल्क दुर्घटना बीमा नविकरण

सशस्त्र प्रहरी बल नेपालका गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको निःशुल्क व्यक्तिगत दुर्घटना बीमा नविकरण भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा पौष १७ गते आयोजित एक कार्यक्रमका बीच नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वर्षदेखि सुरु गरिएको प्रतिव्यक्ति दुई लाख रुपैयाँ बराबरको निःशुल्क वीमा पोलिसीको नविकरण गरेको हो ।
त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरी बल नेपालले देश र जनताको सेवालाई आफ्नो मूलमन्त्र मानी राज्यद्वारा सुम्पिएको जिम्मेवारीहरुलाई नविन शैली तथा व्यावसायिक सोचकासाथ उत्कृष्ट कार्यसम्पादन गर्दै आईरहेको चर्चा गर्नुहँुदै प्राप्त जिम्मेवारीहरुमध्ये विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यलाई योजनाबद्ध रुपले कार्यान्वयन गर्दै आईरहेको बताउनुभयो ।
उहाँले सशस्त्र प्रहरी बल नेपालका गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु देशका विभिन्न स्थानहरुमा भएको जल उत्पन्न विपद प्रकोप उद्वार कार्यमा खटिई उत्कृष्ट उद्वारकको रुपमा कार्य गर्दै आईरहेको चर्चा गर्नुहँुदै संंगठनले विपद व्यवस्थापन सम्बन्धि दक्षजनशक्ति उत्पादन गरी काठमाडौं उपत्यका लगायत सबै प्रदेशहरुमा परिचालन गरिएको बताउनुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले उक्त बीमा पोलिसीले उद्वारकर्मीहरुलाई कार्यक्षेत्रमा खटिईदा अझै बढि हौसला मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
सो इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण कौशलले विपद व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कौशल प्रदर्शन गर्दै आएको सशस्त्र प्रहरी बल नेपालका गोताखोरहरुलाई कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत गत वर्षदेखि शुरु गरिएको निःशुल्क बीमा पोलिसी नविकरण गर्न पाउँदा गर्वको महशुस भएको बताउनुभयो ।
उहाँले जोखिमयुक्त कार्यमा खटिने सुरक्षाकर्मीको सम्मान गर्दै उक्त पोलिसी मार्फत सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
सोही समारोहमा प्रमुख कार्यकारी अधिकृत कौशलले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत गोताखोर तालिम प्राप्त १९ जना सशस्त्र प्रहरी अधिकृत, विल्लादार तथा जवानहरुलाई निःशुल्क बीमा पोलिसीको प्रमाणपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत तथा उक्त बीमा कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.