एक हजार ७०० कुखुराको चल्ला बरामद

एक हजार ७०० कुखुराको चल्ला बरामद

आइतबार राति भारतबाट लुकाइछिपाइ नेपाल ल्याउँदै गरेको एक हजार ७०० कुखुराको चल्लासहित एउटा स्करपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

चेक जाँच गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले गोडैता नगरपालिका–१२ मधुवनी नाकाबाट डिएलसिएनबि ०६९९ नं को भारतीय स्करपियोमा चल्ला लुकाइ ल्याउँदै गरेको अवस्थामा चल्ला र गाडीलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएको चल्ला र गाडीलाई सर्लाही भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.