नियन्त्रित लागूऔषध सहित पक्राउ

नियन्त्रित लागूऔषध सहित पक्राउ

काठमाडौं, पर्सा, कपिलवस्तु र सप्तरीबाट लागूऔषध सहित सात जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगा चेकपोष्टबाट पर्सा बीरगंजका लड्डु शाह र बारा कलैयाका राजीव क्षेत्री खड्कालाई नियन्त्रित लागूऔषध डाइजोपाम-२१ एम्पुल, फेनरागन-२१ एम्पुल र नुर्फिन २१ एम्पुल सहित सोमबार  प्रहरीले पक्राउ गरेको छ । चेकपोष्टमा खटिएको प्रहरीले ना.७ ख ६५७७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा बर्मचोकबाट चितवन भरतपुरका जमिन बिक र सोही ठाउँ बस्ने शंकर लामालाई नियन्त्रित लागूऔषध नुर्फिन १५ एम्पुल, डाईजोपाम १५ एम्पुल र फेनारगन १५ एम्पुल सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तु लिङकगेट चेकपोष्टबाट मकवानपुर हेटौडा बस्ने विश्व मोक्तान लामा र दोलखाका दामु भुजेललाई नियन्त्रित लागूऔषधसहित सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट लिङकगेटबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा लामाको साथबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ३ सय एम्पुल फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

सप्तरी सत्रुधन चोकबाट सिरहाका भरत यादवलाई लागूऔषध नुर्फिन२९ एम्पुल, फेनारगन ५१ एम्पुल, डाईजेल्याप ५० एम्पुल र नाईट्राभेट ६ सय एम्पुल सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बोदेबर्साईन सप्तरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.