काठमाण्डौँबाट अबैध लागुऔषध सहित चार पक्राउ

काठमाण्डौँबाट अबैध लागुऔषध सहित चार पक्राउ

महानगरीय प्रहरी प्रभाग नागढुङगाले अबैध लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले यहि माघ २० गते विहान ०६:०० बजे भैरहवाबाट काठमाण्डौ आउँदै गरेको लु.१ ख. ९९८५ नम्बरको यात्रुबाहक सवारी साधनलाई चेकजाँच गर्दा ललितपुरका
सरदराज भण्डारी र ललितपुरकै  शिरिष कर्माचार्यको साथबाट डाईजेपाम, फेनरागन र नुफिन गरी १६१ एम्पुल लागुऔषध बरामद गरेको छ ।

यसै गरी महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले पर्सा विरगंजका धन्नजय कुमार कर्णकार र ज्ञानी थापामगरलाई शंकास्पद अबस्थामा फेलापारी चेकजाँच गर्दा फेनरागन, नुफिन र डाईजेपामा गरी ५ सय ५६ एम्पुल अबैध लागुऔषध सहित पक्राउ गरेको छ ।

प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरीरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.