विमानस्थलबाट चार सय लिटर डिजेल चोरी गर्ने चारजना पक्राउ

विमानस्थलबाट चार सय लिटर डिजेल चोरी गर्ने चारजना पक्राउ

प्रहरीले विराटनगर विमानस्थलबाट चार सय लिटर डिजेल चोरी गर्ने चारजनालाई पक्राउ गरेको छ ।

प्रहरीले डिजेल चोरी गर्ने विमानस्थलका चौकीदार विराटनगरका भोला यादव, उनकै छोराहरु  अमित र मुकेश यादव तथा भतिज चन्द्र यादवलाई पक्राउ गरेको छ।

प्रहरीले पक्राउ गरिएका चारैजनालाई आइतबार विराटनगरमा सार्वजनिक गर्दै उनीहरु विरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम चोरी मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ।

विमानस्थलको जेनेरेटर हाउसभित्र  स्टक गरेर  राखिएको चार सय लिटर डिजेल चोरी गरेको अनुसन्धानका क्रममा खुलेपछि चारैजनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

विमानस्थलमा काम गर्ने भोलाले डिजेल स्टक गरेर राखेको ठाउँका बारेमा सूचना दिएपछि उनका आफ्नै छोरा र भतिजाले चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

विराटनगर विमानस्थल प्रमुख टेकनाथ सिटौलाका अनुसार डिजेल हराएको पाइएपछि प्रहरीलाई खवर गरिएको थियो। सिटौलाले पुस १३ गते घटना अनुसन्धानका लागि प्रहरीमा निवेदन दिइएको बताए।

प्रहरीले उनिहरुकाे साथबाट लुकाएर राखेको ९० लिटर डिजेल पनि बरामद गरेको छ। तीन सय १० लिटर डिजेल भने लगेर बिक्री गरिसकेको र चोरीको डिजेल किन्नेको पनि पहिचान भइसकेका कारण किन्नेमाथि पनि अनुसन्धान अघि बढाइने प्रहरीले जानकारी दिएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.