९ वर्षीय बालिकामाथि यौन दुर्व्यवहारकाे आरोपमा शिक्षक पक्राउ

 ९ वर्षीय बालिकामाथि यौन दुर्व्यवहारकाे आरोपमा शिक्षक पक्राउ

डोटीमा एक शिक्षकलाई  ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेकाे आरोपमा प्रहरीले  पक्राउ गरेको छ ।

विद्यालयमा नै बालिकालाई एकान्त कोठामा लगेर अश्लिल चलचित्र देखाउने गरेको भन्ने उजुरीका आधारमा शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनु भयाे ।

प्रहरीले दुव्र्यवहार गर्ने शिक्षकलाई  पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ  ।  शिक्षकमाथि छानबिन गरी मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रहरीले विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षकको नाम खुलाएको छैन ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.