अबैध लागूऔषध सहित दुई पक्राउ

अबैध लागूऔषध सहित दुई पक्राउ

प्रहरीले काठमाडौं र कपिलवस्तुबाट अबैध लागूऔषध सहित २ जनालाई  पक्राउ गरेको छ ।

काठमाडौं, चन्द्रगिरी नगरपालिका-१ सृजना चोकबाट सोही नगरपालिका गुर्जुधारा बस्ने कपिलवस्तुका ३५ वर्षीय नवराज बुढालाई लागूऔंषध नुर्फिन ६८ एम्पुल, फेनारगन ६८ एम्पुल, डाइजेपाम ६७ एम्पुल र ब्राउन सुगर जस्तो देखिने खैरो धुलो अन्दाजी २० ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ लिङगेटबाट सोही नगरपालिका बस्ने २५ वर्षीय गोरखा धोबीलाई लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो सानो-सानो कागजमा रहेको ३७ पिस, स्पासमो १० थान र नाईट्रोभेट ४ एम्पुल सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट लिङगेटबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री धोबीलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.