अवैध हतियारसहित एक जना पक्राउ
मकवानपुर कैलाश गाउँपालिका–४ स्थित देउराली डाँडाबाट अवैध बन्दुक र चरेसको धुलोसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा देउराली डाँडाका ३३ वर्षीय देवान सिंह मोक्तान रहेको छ । प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरि र प्रहरी चौकी भार्ताबाट खटिएको टोलीले घरको पछाडि खरमुनि लुकाएर राखिएको अवस्थामा भरुवा बन्दुक एक थान, सानो कटुवा पेस्तोल एक थान र चरेस बनाउने धुलो पाउडर दुई किलोसहित उहाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ परेका मोक्तानलाई आवश्यक कानूनी कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालयका निरीक्षक मधुकर थापाको नेतृत्वमा खटिएको टोलीले हेटौँडा–१९ बाट ७४ किलो गाँजासहित एक वृद्धालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ७० वर्षीय चन्द्रबहादुर भोलन रहेका छन् । भोलनको घरबाट १६ किलो गाँजा वरामद भएको छ भने सोही स्थानका पूर्णबहादुर भोलनको घरबाट ३२ किलो तथा बुद्धिलाल भोलनको घरबाट २६ किलो गाँजापनि वरामद गरी जफत गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै १६ वर्षीय बालिकालाई बलात्कार गरी ३ महीनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कात्तिकको दोस्रो हप्तामा बालिकालाई बलात्कार गर्ने अभियोग लागेका मकवानपुर कैलाश गाउँपालिका–३ का २३ वर्षीय प्रवीन भन्ने विष्णुप्रसाद भुजेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
भुजेलले बालिकालाई आफ्नो नामसहित परिवर्तन गरी फोनमार्फत बोलाएर कैलाश–१० स्थित जङ्गलमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...