बुहारीकाे ढुंग्री प्रहारबाट ससुराको मृत्यु

बुहारीकाे ढुंग्री प्रहारबाट ससुराको मृत्यु

ओखलढुंगामा आगो फुक्ने फलामको ढुंग्रीले हानेर एक बुहारीले ससुराको हत्या गरेकी छन् ।

जिल्लाकाे सिद्धिचरण नगरपालिका-४ रुम्जाटारकी ३५ वर्षीया तारादेवी गुरुङले अंशका विषयमा विवाद हुँदा  ७५ वर्षीय ससुरा रामकाजी गुरुङको बिहीबार ढुंग्री प्रहार गरेर हत्या गरेकी हुन्।

फलामको ढुंग्री प्रहारबाट  गुरुङको घटनास्थलमै ज्यान गएको स्थानीयले बताए।  अभियुक्तलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको थियो ।

छुट्टिएर अलगै घरमा बस्दै आएकी तारादेवीले अंश तथा जग्गाको विवाद हुँदा ससुरामाथि ढुंग्री प्रहार गरेर हत्या गरेको प्रहरी निरीक्षक शरणकुमार दाहालले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइको प्रहरीले बताएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.