जुवातास खेलिरहेको अवस्थामा पाँच जुवाडे पक्राउ

जुवातास खेलिरहेको अवस्थामा पाँच जुवाडे पक्राउ

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेकाे छ ।

काठमाडौ महानगरपालिका-१५ ढुंगेधारा अन्नपुर्ण चोकमा जुवातास खेलिरहेको अवस्थामा धादिङ गजुरी नगरपालिका-५ घर भएका २८ वर्षीय चन्द्र गुरुङ समेत ५ जनालाई करिब ३६ हजार २ सय रूपैयाँ र १ बुक तास सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले बा.१ ख ९७१९ नम्बरको बिग्रेको गाडीभित्र जुवातास खेलिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.