बालिका बलात्कार गरी हत्या गरेको अभियोगमा जन्मकैद

बालिका बलात्कार गरी हत्या गरेको अभियोगमा जन्मकैद

जिल्ला अदालत भोजपुरले बालिका बलात्कार गरी हत्या गरेको अभियोगमा एक युवकलाई जन्मकैदको सजाय सुनाएको छ ।

साल्पासिलिछो गाउँपालिका – ५ दोभाने सालेवाका २० वर्षीय सञ्जय राईलाई जबरजस्ती करणी उद्योगमा ८ वर्ष र ज्यान मारेको अभियोगमा अदालतले जन्मकैदको फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलासले गरेको फैसला अनुसार पीडक राईबाट मृतक बालिकाको परिवारलाई १ लाख क्षतिपूर्ति भराउने ठहरसमेत गरेको निमित्त श्रेस्तेदार नवीन कोइरालाले जानकारी दिए ।

सोही ठाउँकी भान्जी नाता पर्ने ११ वर्षीया बालिका रचना राईलाई सञ्जयले सँगै सुत्छु भनेर गत भदौ १० गते बलात्कार गरी हत्या गरेका थिए । बालिका आमा धनमती राई र सौतेनी बाबु राजन राईसँग बस्थिन् । सञ्जय पनि लामो समयदेखि बालिकाको घरमा बस्दै आएका थिए ।

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.