भलिबल खेल्दा विवाद भएपछि भएको झडपमा एककाे मृत्यु

भलिबल खेल्दा विवाद भएपछि भएको झडपमा एककाे मृत्यु

बझाङमा भलिबल खेल्दा विवाद भएपछि भएको झडपमा एकजनाकाे मृत्यु भएकाे छ ।

आइतबार दिउँसो गाँउ नजिकै भलिबल खेल्दा विवाद भएपछि सुर्मा गाँउपालिका वडा नम्बर ५ का जीवन बोहरा र रनु बोहराले साेहि ठाँउकै १८ वर्षीय आनन्द विकलाई लौरोले हानेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रविण धितालले बताउनुभयो ।

घाइते विकको जिल्ला अस्पतालमा उपचार हुन नसके पछि नेपालगञ्ज रिफर गरिएको थियो । उनको सोमबार बिहान अत्तरिया पुग्दै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संग्लग्न दुवैजना फरार रहेकाले खाजी कार्य भैरहेको डीएसपी धिताले बताउनु भयो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.