श्रीमानले कोदालेले हानेर श्रीमतीको हत्या

श्रीमानले कोदालेले हानेर श्रीमतीको हत्या

बाँकेमा श्रीमानले श्रीमतीको कोदालेले हानेर हत्या गरेका छन् ।

डुडुवा गाउँपालिका ६ पट्वारीपूर्वाका बुद्धिराम मुराउले कोदालोले हिर्काएर श्रीमती राधा मुराउको हत्या गरेका हुन् । आलु बारीमा काम गर्दा गर्दै सामान्य झगडा भएपछि श्रीमानले श्रीमतीको हत्या गरेका हुन् ।

आलु खन्न र प्याजमा सिंचाई गर्न मंगलबार लोग्ने–स्वास्नी खेतमा गएका थिए । सामान्य विवादमै श्रीमानले कोदालोले हानेपछि श्रीमतीकाे आलुबारीमै  मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

श्रीमतीलाइ कोदालेले हानेर मुराउ भने फरार भएको र उनको खोजी कार्यभइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.