चोरीको गाडीसहित एक पक्राउ

चोरीको गाडीसहित एक पक्राउ

काठमाडौंको नयाँ वसपार्कबाट चोरीको गाडीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

नयाँबसपार्कस्थित आकाशेपुल मुनिबाट ललितपुर, महालक्ष्मी नगरपालिका–१४ बस्ने कमल महर्जनलाई चोरी भएको बा.६ च ४४२५ नम्बरको डिआई गाडीसहित सोमबार राती  प्रहरीले पक्राउ गरेको हाे ।

ललितपुर ग्वार्कोबाट चोरी भएको सो गाडी महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।

गाडी कसरी चोरियो भन्ने सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.