घराएसी बिबादका क्रममा श्रीमतीले चिर्पटले हिर्काउँदा श्रीमानको मृत्यु

घराएसी बिबादका क्रममा श्रीमतीले चिर्पटले हिर्काउँदा श्रीमानको मृत्यु

दोलखामा घराएसी बिबादका क्रममा श्रीमतीले चिर्पटले हिर्काउँदा श्रीमानको मृत्यु भएको छ।

जिरी नगरपालिका–१, श्यामाको ढुङ्गेमा बुधबार राति श्रीमान् श्रीमतीबीच झगडा हुँदा ४५ वर्षीया श्रीमती  फुर्लमु शेर्पाले  चिर्पटले हिर्काउँदा ५९ वर्षीय श्रीमान् निमातेञ्जी शेर्पाको मृत्यु भएको हो। मृतक  निमातेञ्जी निधारमा गहिरो चोट लागेको र उनको शव खाटमा लडिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जिरीमा राखिएको छ। प्रहरीकाअनुसार मदिरा सेवन गरेर घर गएका निमातेञ्जीसँग श्रीमती फुर्लमु शेर्पाको झगडा भएको र उनले आवेगमा चिर्पट प्रहार गर्दा ज्यान गएको हो।

घटना सार्वजनिक भएलगत्तै श्रीमतीलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.