अवैध रुपमा संकलन गरिरहेको सुन सहित पक्राउ

अवैध रुपमा संकलन गरिरहेको सुन सहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध रुपमा संकलन गरिरहेको सुनको बाला सहित बुधबार दिउसो प्रहरीले एकजनालाइ पक्राउ गरेको छ ।

प्रहरीले सर्लाही सुन्दरपुर गाउँपालिका-४ घर भएका शेष सरफास्जाकाे साथबाट करिब १ सय ४९ ग्रामको सुनको बाला ३ थान सहित पक्राउ गरेको हाे ।

बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियामा उक्त परिमाणको सुन संकलन गरि लैजान लागेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीलेआवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.