प्रहरीलाई १ हजार रुपैया घुस दिन खाेज्ने पक्राउ

प्रहरीलाई १ हजार रुपैया घुस दिन खाेज्ने पक्राउ

काठमाण्डौ महानगरपालिका-२६ नर्सिङ्ग चोकमा ड्युटीमा खटिएको प्रहरीलाई १ हजार रुपैया घुस दिन खाेज्ने सुनसरीका प्रेम कटुवाललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले  बा.४८ प.१८६१ नम्बरकाे मोटरसाईकल जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाएकाले कारवाहीबाट बच्न चालक कटुवालले प्रहरीलाई उक्त रकम दिन खोजेका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.