अवैध लागूऔषध गाँजा सहित एक पक्राउ

अवैध लागूऔषध गाँजा सहित एक पक्राउ

अवैध लागूऔषध गाँजा सहित एकजनालाई मोरङबाट प्रहरीले पक्राउ गरेको छ ।

जहदा गाउँपालिका-१ बस्ने २८ वर्षीय दिनेश राजभरलाई अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले सोही गाउँपालिकास्थित धुनिमोड चोकमा उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.