किशोरीलाई जबर्जस्ती करणी गरेको आराेपमा एक पक्राउ

किशोरीलाई जबर्जस्ती करणी गरेको आराेपमा एक पक्राउ

१५ वर्षे किशोरीलाई बलात्कार गरेको आराेपमा काभ्रेबाट प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ ।

आफन्तको छोरी घरमा आएको मौका पारी गत चैत २९ गते राति एक्लै सुतिरहेको अवस्थामा जबर्जस्ती करणी गर्ने रोपमा मण्डन देउपुर नगरपालिका-३ नयाँगाउँका १९ वर्षीय राज बजगाईंलाई मङ्गलबार राति उनकै घरबाट प्रहरीले पक्राउ गरेकाे हाे ।

बनेपा घर भएकी किशोरीको आफन्तको किटानी जाहेरीका आधारमा प्रहरीले बजगाईंलाई पक्राउ गरी घटनाको अनुसन्धान गरीरहेको छ ।

मुलुकी संहितामा आरोपितलाई जबर्जस्तीकरणी कसुरअनुसार १२ देखि १४ वर्षसम्म कैद सजाए हुने प्रावधान छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.