बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई शनिबार साँझ प्रहीले पक्राउ गरेको छ ।

प्रहीले भक्तपुर नगरपालिका-१० मुलढोका बस्ने २६ वर्षीय सुनिल सिल्पकार र भक्तपुर कमल विनायक बस्ने काभ्रेका १९ वर्षीय विशाल तामाङलाई पक्राउ गरेको हाे ।

भक्तपुर नगरपालिका-१ ईपाखे डेरा गरी बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-९ बुङदेल घर भएका १३ वर्षीया २ जना बालिकालाई भक्तपुर मुलढोकास्थित फेमिली गेष्ट हाउसमा लगेर शुक्रबार राति उनीहरुले जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि खटिएको प्रहरीले दुबैजनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.