बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ललितपुरबाट २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ललितपुर शेर्पा टोल बस्ने सिन्धुलीकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर बस्ने पाँचथरका २४ वर्षीय रमेश लिम्बु र सोही ठाउँ बस्ने उदयपुरका २४ वर्षीय विबेक मैनालीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हाे।

बालिकालाई गोदावरी नगरपालिका-३ स्थित फुल्चोकी जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.