अवैध रुपमा मरिचको कारोबार गर्ने दुई पक्राउ

अवैध रुपमा मरिचको कारोबार गर्ने दुई पक्राउ

बीरगंज महानगरपालिका-२५ सिर्सिया पुलबाट अवैध रुपमा मरिचको कारोवार गर्ने २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

भारत रक्सौल बस्ने २८ बर्षीय दिपेन्द्र मण्डल र बीरगंज महानगरपालिका-२२ बस्ने ३६ वर्षीय बिनोद प्रसाद पटेललाइ प्रहरीले पक्राउ गरेको हाे । उनीहरुको साथबाट प्रहरीले ८ बोरा मरिच बरामद गरेको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सीमा नाकाहरुमा जाँच गर्दा बिआर २२ आर ४६४५, बिआर ०५ एफ ९१७३ र ना.५० प ६७२३ नम्बरको मोटरसाइकलमा उक्त मरिच भारततर्फ लैजादै गरेको अवस्थामा फेला पारी मोटरसाइकल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.