लागुऔषध विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागु औषधसहित सात पक्राउ

लागुऔषध विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागु औषधसहित सात पक्राउ

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश ५ नेपालगञ्जको टोलीले प्रतिबन्धित लागुऔषधसहित बाँकेबाट प्रहरीले सात जनालाई पक्राउ गरेकाे छ । उनीहरुलाई नेपाल–भारत नाका जमुनहाबाट विज्ञ कुकुरको सहयोगमा पक्राउ गरेको हो ।

भारतबाट नेपालगञ्ज आउँदै गरेका उनीहरुलाई कुकुरले सुँघेर पहिचान गरेको थियो । लागुऔषध विज्ञ गौरी नाम गरेको पोथी कुकुरले उनीहरुलाई नियन्त्रणमा लिन सहयोग गरेको प्रहरीले जनाएकाे छ । कुकुरको सहायतामा १० ग्राम ब्राउनसुगरसहित शर्मरानी गाउँपालिका–५ प्यूठानका अदिल मियाँलाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीले घोराही उपमहानगरपालिका–३ की लक्ष्मी खड्का र नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगरकी सुमन श्रेष्ठ पक्राउ परेकी हुन् । त्यस्तै नेपालगञ्ज–१८ भुजइगाउँका किशोरकुमार धोवीलाई चार ट्याब्लेट नाइट्रोजन, १० क्याप्सुल स्पास्मो र एक बोत्तल अल्टोरेक्ससहित जमुनाहा नाकाबाट नियन्त्रणमा लिइएको छ ।

यस्तै कोहलपुर नगरपालिका–९ का राजेन्द्र हरिजनलाई ३९ ट्याब्लेट नाइट्रो भ्याटसहित नियन्त्रण्मा लिइएको छ । रुपैडिहाबाट आउँदै गरेका थप दुई बालकका साथबाट चार ट्याब्लेट नाइट्रोजन पनि बरामद भएको र ती बालकालाई परिवारको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सीमामा लागुऔषधको कारोबार बढिरहेका बेला प्रहरीले लागुऔषधसम्बन्धी विज्ञ कुकुर नै परिचालन गरेर नियन्त्रण शुरु गरेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.