प्रहरीलाई २ सय रूपैयाँ घुस दिन खाेज्ने  दुई पक्राउ

प्रहरीलाई २ सय रूपैयाँ घुस दिन खाेज्ने  दुई पक्राउ

काठमाण्डौ महानगरपालिका २८ पुरानोबापार्कमा डिउटीमा खटिएको प्रहरी टोलीलाई २ सय रूपैयाँ घुस दिन खाेज्ने  दुईजनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले बा.६७ प ८८११ नम्बरको मोटरसाईकललाई जाँच गर्ने क्रममा मोटरसाईकल चालक रामेछाप मन्थली नगरपालिका ११ बस्ने २२ वर्षीय कोषराज बोहरा र सोही स्थान बस्ने २२वर्षीय विवेक कार्कीलाई  पक्राउ गरेको हाे ।

निजहरूले कारबाहीबाट बच्न प्रहरीलाइ उक्त रकम दिन खाेजेका थिए । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.