लागुऔषध ब्राउन सुगरसहित तीन पक्राउ

लागुऔषध ब्राउन सुगरसहित तीन पक्राउ

दाङबाट  प्रहरीले आइतबार दिउसाे लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका-५ निवासी ३६ वर्षीय लक्ष्मण सापकोटा, नेपालगञ्‍ज उपमहानगरपालिका-१५ निवासी ३२ वर्षीया गुड्डु कवडिया र सोही ठाउँ निवासी २४ वर्षकी रुक्सार कवडियालाई पक्राउ गरेको हो ।

बा १९ च ८८३३ नम्बरको हाइलेक्स गाडीमा नेपालगंजबाट दाङतर्फ आइरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई प्रकाउ गरेको हो ।

प्रहरीले उनीहरुको साथवाट कालो प्लाष्टिकले बेरी सेतो प्लाष्टिकमा पोको पारेर राखेको लागुऔषध खैरो हेरोइन एक सय ८० ग्राम,नगद सात हजार, र तीन थान मोबाइल र गाडी बरामद गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएकाे छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.