जंगली जनावरको छाला हड्डी र जडिबुटी सहित १ पक्राउ

जंगली जनावरको छाला हड्डी र जडिबुटी सहित १ पक्राउ

संखुवासभाबाट बिभिन्न किसिमका जंगली जनावरको छाला लगायतका जडिबुटी सहित १ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

सोमवार अपरान्ह नेपाली सेना, नेपाल प्रहरी तथा मकालु बरुण राष्ट्रिय निकुन्जको संयुक्त चेकीङ टोलीले मकालु गाउँपालिका-३ बाट बिभिन्न किसिमका जंगली जनावरको छाला लगायतका जडिबुटी सहित भोटखोला गाउँपालिका-२ गुम्बा बस्ने ५० बर्षीय कर्मलामा भोटेलाई पक्राउ गरेको हो ।

प्रहरीले को १ ज ३५१६ नम्बरको बलेरो गाडिलाई चेकजाँच गर्ने क्रममा उक्त गाडीबाट बाघको पन्जा थान-१, दाह्रा थान-४, हड्डीको टुक्रा थान-२०, बारुद जस्तो देखिने गन्धक १५ ग्राम, चाईनिज पेस्तोलको गोली थान-१, रक्त चन्दन जस्तो देखिने काठको टुक्रा थान-१ (२५ ग्राम), जंगली जनावर थारको रौ सहितको छालाको टुक्रा थान- १, कालो ढुङगा ३०० ग्राम, फलामको टुक्रा २०० ग्राम, सर्पको छाला २ थान लगायत अन्य जडिबुटीहरु बरामद गरेको हो ।

बरामद सामान सहित भोटेलाई आवश्यक कानूनी कारवाहीको लागि मकालु बरुण राष्ट्रिय निकुन्जमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.