साढे २ किलो लागु औषध अफिमसहित दुई जना पक्राउ

साढे २ किलो लागु औषध अफिमसहित दुई जना पक्राउ

प्रहरीले साढे २ किलो लागु औषध अफिमसहित दुई जना युवालाई पक्राउ गरेको छ।

५ नं प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङको विषेश व्यूरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले रोल्पाको माडी गाउँपालिका वडा नं २ घर भइ हाल दाङको घोराही उपमहानगरपालिका वडा नं १४ पुरानो बसपार्कमा बस्दै आएका ३० बर्षीय नरेश बुढा र घोराही वडा नं ११ निवासी २१ बर्षीय शुकलाल विकलाइ पक्राउ गरेको हाे।

घोराहीको बस पार्क क्षेत्रमा लागु औषधसहित दुई युवा हिडिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई बिहीबार बिहान १ बजेतिर पक्राउ गरेको थियो।

पक्राउ परेका उनीहरु विरुद्ध आगु औषध नियन्त्रण ऐन अन्तरगत मुद्दा दायर गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.