ट्राफिक प्रहरीले लगाएको ‘ह्विल लक’ बिगार्ने दुईजना पक्राउ

ट्राफिक प्रहरीले लगाएको ‘ह्विल लक’ बिगार्ने दुईजना पक्राउ

‘नो पारकिङ जोन’ मा रहेको सबारीमा ट्राफिक प्रहरीले लगाएको ‘ह्विल लक’ बिगार्ने दुईजनालाई इटहरीबाट प्रहरीले पक्राउ गरेकाे छ ।

इटहरी पश्चिम लाईनमा रहेको एभरेष्ट बैकमा ‘नो पारकिङ जोन’ मा पारकिङ गरिएको बा २० च १९४३ नम्बरको कारमा प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले लगाएको ह्विल लकमा ‘सुपर ग्लु’ लगाई बिगार्ने इटहरी ९ बस्ने गणेश ढुंगाना र इटहरी ५ बस्ने राजु थापालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ ।उनिहरुले ट्राफिक प्रहरीको काममा अबरोध पुराउनुको साथै सार्वजनिक सरकारी सम्पतिको हानि नोक्सानी गरेको अभियोगमा मुद्धा दायर गरिएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.