लागूऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ

लागूऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ

लागूऔषध ब्राउन सुगरसहित प्रहरीले बिहीबार नेपालगन्जको जमुनाहा भन्सारमा चेकजाँच गर्दा तीनजनालाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाको संयुक्त टोलीले सुर्खेतका २२ वर्षीय अमृत विक र ३२ वर्षीय चन्द्रबहादुर विकका साथै सुनसरीका ३२ वर्षीय दीपेन्द्र ठाकुरलाई पक्राउ गरेको हो।

१४ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर प्लाष्टिकमा बेरेर कम्मरमा लुकाएर ल्याउँदै गरेको अवस्थामा बिहान १० बजेतिर नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.