बलात्कार मुद्दाका दोषी १० वर्षपछि पक्राउ

बलात्कार मुद्दाका दोषी १० वर्षपछि पक्राउ

बालिकालाई जबर्जस्ती बलात्कार गरेको मुद्दामा दोषी ठहरिएका साकेला गाउँपालिका-५ मात्तिम (साबिकको मात्तिम–७) का ३४ वर्षीय तेजबहादुर राई १औ वर्षपछि पक्राउ परेका छन् । उनलाई दश वर्षका लागि कारागार चलान गरिएको छ ।

२०६६ साल असार २३ गते एक बालिकालाई जबर्जस्ती बलात्कार गर्ने राई आइतबार कारागार चलान भएका हुन् ।

शुक्रबार घरैबाट पक्राउ परेका राईलाई जिल्ला अदालतमा उपस्थित गराएलगत्तै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताए ।

महिलालाई जबर्जस्ती बलात्कार गरेकामा उनलाई जिल्ला अदालत खोटाङले २०७१ साल मंसिर २५ गते दश वर्ष कैद सजाय सुनाएको थियो ।

दश वर्षसम्म जिल्लाबाहिर लुकिछिपी बस्दैआएका राई केही दिनअघि मात्र घर आएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनालगत्तै फरार रहेका उनलाई प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको थियो । – रासस

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.