१८ गतेदेखि वेपत्ता बालिकाको शव गाडेको अवस्थामा फेला

१८ गतेदेखि वेपत्ता बालिकाको शव गाडेको अवस्थामा फेला

बैतडीमा असार १८ गतेदेखि हराइरहेकी ८ वर्षीया बालिका कलावती सार्कीको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको छ।

बैतडीको दोगडाकेदार २ ढिकगाड घर भई दशरथचन्द नगरपालिका वडा नम्बर ४ बमरोडामा बुबासँगै बस्दै आएकी उनको शव बुधबार फेला परेको प्रहरीले जनाएकाे छ ।

बुधबार स्थानीय महिलाले चप्पल देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढुंगाले थिचेको खाल्डोमा गाडेको अवस्थामा शव बरामद गरेको हो । शवसँगै झोला र किताबकापी पनि भेटिएका प्रहरीले बताएको छ ।

बालिका बेपत्ता भएको खबर पाए लगत्तै प्रहरीले खोजतलास तीव्र बनाएपनि फेला पार्न सकेको थिएन्। शवसँगै झोला र किताबकापी पनि भेटिएका प्रहरीले बताएको छ ।

बालिका १८ गते आफू अध्ययनरत ईश्वर आधारभूत विद्यालयको गेट नजिकैबाट बेपत्ता भएकी थिइन् ।

कसैले हत्या भएको हो कि अन्य कारणले मृत्यु भएको हो भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.