लुकीछिपी कौडा खेलिरहेको अवस्थामा ११ जुवाडे पक्राउ

लुकीछिपी कौडा खेलिरहेको अवस्थामा ११ जुवाडे पक्राउ

प्रहरीले लुकीछिपी कौडा खेलिरहेको अवस्थामा मङगलबार चितवनबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका–१५ मङ्गलपुर नमूनाटोलबाट उनीहरुलाई प्रहरीले पक्राउ गरिएको हो । उनीहरुलाई शैलेन्द्र श्रेष्ठको कोठामा लुकीछिपी कौडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट दुई लाख ९३ हजार ३५० रूपैयाँ नगदसहित दुई थान मोबाइल, गलैँचा एक थान, कोठाको चौकोस एक थान, कौडा ३१ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई एकापसमा बाजी थापी कौडा खेलेको समयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.