२० तोला नक्कली सुनसहित दुई पक्राउ

२० तोला नक्कली सुनसहित दुई पक्राउ

धादिङ प्रहरीले सोमबार साँझ २० तोला अवैध सुनजस्तो पहेंलो धातुसहित २ जनालाई पक्राउ गरेको छ।

प्रहरीले बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारबाट सुन जस्तो देखिने पहेंलो धातु करिब २० तोला सहित चितवन भरतपुर महानगरपालिका-२ क्षेत्रपुर बस्ने ३३ वर्षीय सन्तोष बस्नेत र नवलपरासी मध्यबिन्दु नगरपालिका-७ बस्ने ३५ वर्षीय गोकुलमान श्रेष्ठलाई पक्राउ गरेको हाे ।

प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना.५८ प ६५५३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.